२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 4:56 am
समाचार

सूर्यविनायक नगरपालिकामा उपप्रमुख भट्टराईको संयोजकत्वमा न्यायिक समिति गठन

सूचना प्रेस २०७९ असार १६ बिहिबार ००:००, ०५:१५ बजे १ मिनेट पढाइ

भक्तपुर:  सूर्यविनायक नगरपालिकाले उपप्रमुख सरिता तिमिल्सिना भट्टराईको संयोजकत्वमा न्यायिक समिति गठन गरेको छ। नगरपालिकाको नगरसभाको ११ औं अधिवेसनबाट न्यायीक समिति गठन गरिएको हो ।

नगरपालिकाकाको न्यायीक समितिको सदस्यमा विनय महत र वासुदेव पोखरेल चयन हुनु भएको छ ।  नेपालको संबिधानको धारा २१७ को उपधारा (१) मा उप प्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायीक समिति हुने ब्यबस्था छ ।