२६ भदौ २०८३, शुक्रबार 1789163385
Banner

तीन दिन देशभर भारी वर्षा हुने, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले  तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सावधानी अपनाउन सुझाव दिएको छ।

बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा विभागका महानिर्देशक कमलराम जोशीले बिहीबारदेखि शनिबारसम्म देशभर भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरे।

यी तीन दिन तराईका सबै जिल्लामा र गण्डकी प्रदेशमा समेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिनसक्ने बताए। ‘तराईका लगभग सबै खोलामा बाढी आउने पूर्वानुमान गरेका थियौँ’, उनले भने, ‘तराईको लगभग सबै खोला र गण्डकी प्रदेश सम्म अझ भारी वर्षा हुने देखिएको अवस्था छ।’ 

जोशीले विभागले विशेष बुलेटिन निकालेका वेला सतर्क भई सम्बन्धित निकायलाई चनाखो राख्न सरकारलाई सुझाव दिए।