७ मंसिर २०८१, शुक्रबार 1732302104
Banner

देउवाले मनोमानी गरेको भन्दै रुष्ट शेखर कोइराला समूहको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज बस्दै छ । कोइरालाको सचिवालयका अनुसार दिउँसो २ बजे अनुपम फुडल्याण्डमा बैठक बोलाइएको छ।

शेखर समूहले निर्वाचन समूह, भातृ संस्थामा गरिएको एकलौटी मनोनयन लगायतका विषयमा छलफल गर्ने तयारी छ । स्थानीय निर्वाचनबारे काँग्रेसभित्र निर्वाचन समीक्षालाई लिएर कुनै पनि छलफल भएका छैनन् ।

तरुण दल र नेपाल विद्यार्थी संघको अध्यक्ष मनोनयन गर्दा देउवाले कोइराला पक्षसँग छलफल नै नगरी एकलौटी मनोनयन गरेका थिए । त्यसपछि कोइराला समूह रुष्ट बनेका थिए । कोइराला सचिवालयले देउवाले आफूले अबदेखि शेखर समूहसँग सल्लाह लिने बताए पनि त्यसलाई कार्यान्वयन नगरेको जनाएको छ ।

केही दिनअघि मात्रै सभापति देउवाले पुनः किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष चुनेका थिए । त्यसमा उनले शेखर समूहसँग कुनै छलफल गरेका थिएनन् ।