११ श्रावण २०८३, सोमबार 1785159438
Banner

आफूलाई पार्टीबाट निष्कासन गर्ने ५ नेतालाई वामदेवले पनि गरे निष्कासन

नवगठित नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई कारबाही गर्ने ५ नेतालाई निष्कासन गरेको बताएका छन्।

उनले युवराज सफललगायत हस्ताक्षर गर्ने पाँच नेताले पार्टीबाट निष्कासन गरेको दाबी गरेका हुन् । आफ्नै संयोजक्त्वमा रहेको पार्टीमा आफैलाई निष्कासन गर्नु विवेकहीन कुरा भएको गौतमको तर्क छ । उनले हस्ताक्षरकर्ताहरुले आफु समक्ष माफी मागेर आउने दिनमा त्यस्तो नगर्ने प्रतिवद्धता जनाए कारबाही फुकुवा गर्ने बताए ।

पार्टी गठन भएको ५ दिनमै शनिबार वामदेव गौतम माथि सचिवालय सदस्य युवराज सफललगाएतले आरोप लगाउँदै संयोजक गौतमलाई निष्कासन गरेको विज्ञप्ति निकालेका थिए ।

यस्ता छन् आरोपहरु
प्रतिवेदनमा सैद्धान्तिक तथा बैचारिक मतभेद रहेको।
असमान सन्धी सम्झौताको विषयमा मौनता साँधेको।
केन्द्रीय समितिमा अभियानमा जोडिएका राजनीतिक पार्टीहरुलाई सम्मानजनक सिट संख्या नदिइएको।
केन्द्रीय सचिवालय एकलौटीरुपमा बनाएको। सचिवालयमा पार्टीका प्रमुखहरुलाई समावेश नगरेको।
केन्द्रीय समिति घोषणा गर्दा वरियता निर्धारण नगरेको।
केन्द्रीय समिति बैठकले बनाएको वार्ता टोलीलाई सक्रिय नबनाएको।
अभियानमा जोडिएका पार्टीहरुलाई सम्मानजनक व्यवहार नगरेको।
सम्मान, जोस, जाँगर र उत्साहपूर्वक कार्य गर्ने वातावरण नभएको।