काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले त्रिपुरेश्वस्थित राहदानी विभाग घेराउ गरेको छ ।
राहदानी वितरणमा भएको ढिलासुस्ती र विभागमा सेवाग्राहीले सास्ती भोग्नुपरेको भन्दै आइतबार सरकारलाई दबाब दिन युवा संघका कार्यकर्ताले घेराउ तथा प्रदर्शन गरेका हुन् ।