२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 7:34 pm
अर्थ

सेयर बजार राताम्मै, ४० अंकले घट्यो नेप्से

सूचना प्रेस २०७८ माघ २३ आइतबार ००:००, १५:५९ बजे १ मिनेट पढाइ

साताको पहिलो दिन सेयर बजार राताम्मै भएको छ ।

नेप्से परिसूचक ४० अंकले घटेर २८३६ दशमलव १७ बिन्दुमा आइपुगेको छ ।

नेप्से परिसूचक घटे पनि सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ । आइतबार एक करोड ६५ हजार सेयर किनबेच भएको छ ।

बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रो पावर समूह धेरै घटेको छ ।