१५ कार्तिक २०८१, बिहिबार 1730408745
Banner

प्रधानमन्त्रीलाई अध्यक्ष ओलीको प्रश्न, तपाई लाचार हुनुभएको हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई लाई लाचार हुनुभएको हो ? भनी प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै एमाले अध्यक्ष ओलीले भन्नुभयो, अर्थमन्त्री का वारेमा यति धेरै विवाद हुदाँ पनि केहि नबोल्नुको अर्थ सोध्नुभएको थियो । अध्यक्ष ओलीले भन्नुभयो, ‘म मन्त्रीहरु तर्फ जान चाहान्न । प्रधानमन्त्री जी के लाचार हुनुभएको हो ? जे भएपनि केहि गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो ? कि गठबन्धन जोगाएपछि पुग्छ ? देश जहाँसुकै जाओस् ।’

मन्त्रीले छानबिन गर्न बाटो खुला गर्नुपर्ने ठाउँमा सिसिटिभी फुटेज डिलिट गर्ने काम गरेके भन्दै यो बिषयमा छानबिन गर्न पनि उहाँले माग गर्नुभयो । ओलीले भन्नुभयो, ‘प्रश्न सोध्नेलाई को हुन् तिनीहरू भनेर धम्क्याउने ? प्रमुख विपक्षीलाई एमाले को हो र सीसीटीभी फुटेज देखाउने ? भनियो । त्यतिन्जेलसम्म रहेको सीसीटीभी फुटेज अहिले कसरी डिलिट भयो ? सीसीटीभी फुटेज मकै पोल्नेले मात्र मान्नुपर्ने हो ? अर्थमन्त्री र मन्त्रालयले मान्नु पर्दैन ? यसको छानबिन गरेर प्रतिवेदनसहित प्रधानमन्त्रीजी आउनुहोला ।’