१३ श्रावण २०८३, बुधबार 1785383724
Banner

गोली लागेका जापानका पूर्वप्रधानमन्त्रीको निधन

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। 

शुक्रबार बिहान आक्रमणमा पर्नुभएका आबेको दिउँसो उपचारका क्रममा निधन भएको जापानी प्रसारण संस्था एनएचकेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला आबेमाथि गोली प्रहार भएको थियो।आफ्ना दलका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेको बेला  आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उहाँको गर्दनमा लागेको थियो। गोली लागेपछि उहाँ भुइँमा ढल्नुभएकाे थियाे । उहाँको शरीर रक्ताम्मे देखिएको थियो। आबेमाथि गोली प्रहार गरेका आक्रमणकारीले भाग्न प्रयास गरेनन्। सुरक्षाकर्मीले तत्काल समाते।

शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुनुहुन्थ्यो ।स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा उहाँले पदत्याग गर्नुभएको थियो ।