१६ असार २०८३, मंगलबार 1782879894
Banner

कसैको स्वार्थ पुरा गर्न जनतामाथि खेलवाड भयो, माओवादीले कुनै जनयुद्ध गरेको थिएन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिको स्वार्थ पुरा गर्ने नाममा जनतामाथि खेलवाड भएको बताउनुभएको छ । छविलाल कार्कीको स्मृति दिवसको कार्यक्रममा अध्यक्ष ओलीले नेकपा माओवादीले जनयुद्ध नगरेको बताउनुभयो ।

“जनयुद्धको नाममा माओवादीले जुन हिंसा गर्यो, त्यो कुनै जनयुद्ध थिएन् । निहित स्वार्थका लागि केही व्यक्तिहरुको स्वार्थका लागि कसैको इसारामा, कतैको योजनामा नेपाली जनतामा खेलवाड गर्ने हिसाबले नेपालमा ल्याएर लागु गर्न खोजिएको थियो,” उहाँले भन्नुभयो “वृहत शान्ति सम्झौता भएर हतियारको प्रयोग छोडेँ भनेपछि र लडाकुहरुको व्यवस्थापन क्यानटलमेन्टमा गएर गरिसकेपछि अमानवीय ढंगले कमरेड छविलाल कार्कीको हत्या भएको हामी सबैलाई थाहा छ ।”

उहाँले संगठित हतियारका रुपमा नागरिकमाथि सत्ता टिकाउनका लागि हत्या भइरहेको बताउनुभयो ।