१९ आश्विन २०८३, सोमबार 3:19 am
Banner

आईजीपी बढुवाविरुद्ध मुद्दाको सुनुवाइ आजपनि हेर्ननभ्याईनेमा

काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको पेसी हेर्न नभ्याईने भनेर आजपनि सारिएको छ । एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजिपी बनाएको भन्दै गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

जेठ ३० गतेबाट अन्तिम सुनुवाई सुरु भएको विवादको असार ५, असार १३ र असार १९ गते बहस भएको थियो। यद्यपी जवाफी बहस भने पटक पटक सारिदै लगिएको छ ।