२६ भदौ २०८३, शुक्रबार 1789119155
Banner

लिउ बिहान बीपी संग्रालयमा जाने साँझ प्रचण्डसँग सोल्टी होटलमा डिनर

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा जादैहुुनुहुन्छ।

चार दिने भ्रमणमा आइतवार नेपाल आउनुभएका विदेश विभाग प्रमुख जियानचाओेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग साँझ सोल्टी होटेलमा भेटघाट गर्ने कार्यक्रम छ ।

मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोटमा लञ्च मिटिङ गर्ने जिआनचाओले दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनाललाई भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार मात्रै भेटे पछि उहाँ स्वदेश फर्कने कार्यक्रम छ। आइतवार लिउले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरिसक्नुभएको छ ।