२६ भदौ २०८३, शुक्रबार 1789113805
समाचार

काठमाडौँको नागार्जुनमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

काठमाडौँ । काठमाडौँको नागार्जुनमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । 

काठमाडौँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका हुन।

गए राती १ः०० बजे हर्साखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

घाइते पाँचै जनाको काठमाडौँको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्य छ । उनीहरु मध्ये केही अलि  अलि  बोल्न सक्ने तर त्रसित अवस्थामा रहेको प्रहरीको भनाइ छ ।