१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:01 am
Banner

उपसभामुखमा गठबन्धनबाट पुष्पा भुसालको उमेदवारी दर्ता

सूचना प्रेस २०७९ असार ३० बिहिबार ००:००, १२:१० बजे १ मिनेट पढाइ

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपसभामुख मनोनयन दर्ता गराउनुभएको छ । संसद भवनको ल्होत्से हलमा पुगेर पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट सांसद भुसाललाई उपसभामुखको उम्मेदवारी दर्ता गराउनुभएको हो ।

भुसालको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थक रहनुभएको छ । साढे २ वर्षदेखि रिक्त रहेको उपसभामुखका लागि आज बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी मनोनयन गर्न पाइने संसद सचिवालयले जनाएको छ।

आजै दिउँसो उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यसूची छ ।