६ मंसिर २०८१, बिहिबार 1732231347
Banner

आईजीपी नियुक्तिविरुद्ध विश्वराज पोखरेलको रिट खारेज

काठमाडौं । प्रहरी महानिरीक्षकमा धिराजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले हालेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गरेको हो ।
यो आदेशसँगै एआईजी पोखरेलसामु प्रहरी प्रधान कार्यालयमा हाजिर हुने वा राजीनामा दिने मात्र विकल्प छ । पोखरेलले आफूभन्दा डेढ वर्ष जुनियरलाई आईजीपी नियुक्त गरेको भन्दै मुद्दा दायर गरेका थिए । पोखरेल आईजीपी नियुक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसयता काममा फर्किएका छैनन् ।