३ भदौ २०८३, बुधबार 1787162095
Banner

उपसभामुख प्रतिपक्षको हक हो, सत्तापक्षलाई साथ दिदैनौ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले उपसभामुख पदमा प्रतिपक्षको हक हुने बताएका छन्।

उपसभामुखको निर्वाचन प्रक्रिया चलिरहेको संसद बैठकमा बोल्दै लिङ्देनले सत्तापक्षले सल्लाह गरेर उदारतापूर्वक प्रतिपक्षलाई दिनुपर्ने बताए।

‘संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्छ भनिएको छ’, उनले भने, यसको मनोभावना भनेको सभामुख सत्तापक्ष हुँदा उपसभामुख प्रतिपक्षको हुनुपर्ने भन्ने हो। त्यसैले उपसभामुख पनि सत्तापक्षले नै लिन खोज्ने कुरामा हामी सहमत हुन सक्दैनौं।’

उनले सैद्धान्तिक रुपमा प्रतिपक्षीको हक भएकाले सत्तापक्षका उम्मेदवारलाई समर्थन गर्न नसकिने जानकारी गराए। उपसभामुखमा सत्ता गठबन्धनले कांग्रेस नेतृ पुष्पा भुषाल र नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।