२१ असार २०८३, आइतबार 1783266698
Banner

केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटाइनु भूराजनीतिक प्रभाव : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली प्रधानमन्त्रीबाट हट्नु पर्ने कारणहरुमा भू राजनीतिक प्रभव रहेको दाबी गर्नुभएको छ। शनिबार राजधानीमा आयोजित नेपाल–चीन हिमालय मैत्री समाजको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भन्नुभयो, ‘हाम्रो भूपरिवेष्ठित र राजनीतिक अस्थिरता भएको राष्ट्र हो। बाह्य शक्तिको आर्शिवाद लिएर राज्यसत्ता टिकाउने मानसिकताबाट मुक्त नभएसम्म राष्ट्रिय स्वार्थको रक्षा गर्न सकिन्दैन । ‘

नेपाल पहिलेदेखि नै भूराजनीतिक रुपमा आन्तरिक र बाह्य कारणले प्रभावित हुँदै आएको र यसैकारण स्थिरता कायम हुन नसकेको उल्लेख गर्दै राज्यसत्ता टिकाउन बाह्य आर्शिवाद लिनुपर्ने मानसिकता अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक अस्थिरता सुरुदेखि नै नेपाल प्रभावित हुँदै आएको छ। आन्तरिक कारण थुप्रै भए पनि भूराजनीति पनि जोडिएको छ। बाहिरी र भूराजनीतिक कारण छन्। बाहिरी र भूराजनीतिक कारण नेपाली राजनीतिमा शक्ति भए, आर्शिवाद भए अनन्त कालसम्म राज्य गर्न सकिन्छ भन्ने मानसिकता अन्त्य नगरिकन हामीले आफ्नो राष्ट्रिय स्वार्थको रक्षा गर्न सक्दैनौं।’ उहाँले भन्नुभयो ।