८ मंसिर २०८१, शनिबार 1732361157
Banner

एमाले अध्यक्ष ओलीसमक्ष नारायणकाजीको आग्रह : ‘तुम शेर तो, हम सवा शेर’ नगरौं, वामपन्थी तालमेल गरेर अगाडि बढौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी तालेमलका लागि एमाले अध्यक्ष ओलीसँग आग्रह गर्नुभएको छ । त्यसका लागि तुम शेर तो, हम सवाशेर छाडेर आत्मसमीक्षा गर्न उहाँको आग्रह थियो ।

शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषय विचार गोष्ठी कार्यक्रममा माओवादी केन्द्रका नेता श्रेष्ठले विगतका कमी कमजोरीलाई सच्याएर वाम तालमेल गरेर अघि बढ्न आग्रह गर्नुभएको हो । तर अहिले वामपन्थीहरुले एकअर्कालाई सिध्याउने, तल पार्ने मेसो चलाउँदा सबै सिद्धिने दिशातिर गइरहेको र यसले देशको अस्थित्व संकटमा पर्नसक्ने उहाँको भनाइ थियो ।उहाँले भन्नुभयो, ‘देश सिध्याउने काम नगरौं । त्यसका निम्ति वापन्थीहरुको एकता आवश्यक छ । कमसेकम तालमेल र मोर्चातिर जान आवश्यक छ ।’ उहाँले नेकपा नटिक्नुमा आफू पनि भागिदार भएको भन्दै आत्मआलोचना गर्नुभयो ।