८ मंसिर २०८१, शनिबार 1732373887
Banner

जे सुकै कुरामा मौन धारण गरेर बस्न सकिन्दैन, घुँडा टेकेर सत्ता जोगाउने डिप्लोम्यासी हाम्रो होइन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका निम्ती कोही लड्यो भने यसले राम्रो गर्न लाग्यो प्रभु छिटो हटाउन परयो भनेर देशभक्तहरुलाई विदेशी शक्तिसँग मिलेर सत्ताबाट हटाइने गरेको बताउनुभएको छ ।

उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको स्मरण गर्दै ओलीले उत्तरतिर पारवहन सम्झौता गरेबापत र चुच्चे नक्सा छापेबापत आफू दुवैपटक सत्ताच्युत भएको दाबी गर्नुभयो ।

शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था स् चुनौती र अबको बाटो’ विषय विचार गोष्ठी कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, चुच्चे नक्शा छापेपछि मलाई हटाउँछन भन्ने थाहा थियो । उहाँले भन्नुभयो ‘चुच्चे नक्सा छापेपछि यसमा सौदाबाजी हुन्छ र त्यसका विरुद्ध एकजुट हुन्छन् । अपवित्र साँठगाँठ हुन्छ भन्ने थाहा थियो । त्यो थाहा भएरै गरेको हो । चीनतिरबाट नाका खोलेबापत पहिलोपटक चीनबाट म फर्केलगत्तै हट्नुपरेको होइन ? अध्यक्ष ओलीले भन्नुभयो,–‘जे सुकै कुरामा मौन धारण गरेर बस्न सकिन्दैन, घुँडा टेकेर सत्ता जोगाउने डिप्लोम्यासी हाम्रो होइन ।’ हाम्रो चिन्ता हाम्रो भूमि हो भन्ने हिम्मत चाही गर्नुपर्‍यो। जसले नियन्त्रणमा लिएको छ फिर्ता गर्नुपर्‍यो।’