३० जेष्ठ २०८३, शनिबार 1781373004
Banner

अनलाइन मतदाता नामावली भर्ने कार्य थप पाँच जिल्लामा

काठमाडौं : निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फाराम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ।

आयोगले नमूनाका रूपमा सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने कार्य मंगलबारदेखि  काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा निर्वाचन कार्यालयबाट समेत गर्न सकिने व्यवस्था मिलाएको हो।

आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलका अनुसार अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको आठै जिल्लाका निर्वाचन कार्यालय  समयमा औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको छ।