७ मंसिर २०८१, शुक्रबार 1732325447
Banner

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस आज विविध कार्यक्रम गरि मनाईर्दै

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव एवं नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

पुष्पलाल श्रेष्ठको जन्म १९८१ असार १५ गते रामेछापको भंगेरीमा भएको थियो । पञ्चायती निरकुंशताको अन्त्यका लागि संयुक्त जनआन्दोलको कार्यदिशा अगाडि सार्ने उहाँ पहिलो नेता हुनुहुन्छ ।

मार्क्सवादी दृष्टिकोणबाट नेपाली समाजको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक विश्लेषण गरी गणतन्त्रको जग राख्ने दूरदर्शी नेताको रूपमा पुष्पलाल श्रेष्ठलाई लिइन्छ ।

उहाँले नेपाली राजनीतिको मिहिन ढङ्गले विश्लेषण गर्दै श्रमजीवी वर्ग, समुदाय, पिछडिएका जाति र जनताको मुक्तिको जग राख्नुभएको थियो । पुष्पलालले आफ्नो सम्पूर्ण जीवन कम्युनिस्ट आन्दोलनको विकास, नेपाली समाजको मिहिन ढङ्गले अध्ययन र विश्लेषणमा खर्चनुभएको थियो । भारतमा प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते पुष्पलाल श्रेष्ठको निधन भएको थियो ।