१० श्रावण २०८३, आइतबार 1785084273
Banner

संसदबाट एमसीसी सम्झौता पारित गर्न कांग्रेसमा एकमत

काठमाडौं। सत्तारुढ दलको प्रमुख घटक नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसीं) अनुमोदनका लागि संसदमा पेस गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसीमा अहिले देखिएको अन्योल हटाएर अनुमोदनको लागि संसदमा पेस गर्नुपर्ने निचोड निकालेको हो । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीबारे अहिले देखिएको अन्यौल समाप्त गरेर संसदीय प्रक्रिया अघि बढाउनुपर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । प्रवक्ता डा. महतले पार्टीलाई स्थानीय तह निर्वाचनतर्फ केन्द्रीत गर्ने विषयमा छलफल भएको भन्दै स्थानीय तह निर्वाचनमा सशक्त ढंगमा प्रस्तुत हुने निचोड निकालेको जानकारी दिनुभयो ।

बैठकमा भ्रातृसंस्था र शुभेच्छुक संस्थाको म्याद सकिएको र रिक्त रहेको नेतृत्वबारे छलफल भएको छ । बैठकमा पाँच दलीय गठबन्धनका बारे कुनै निर्णय नभएको बताइएको छ । बैठक शुक्रबार दिउँसो २ बजे पुनः बस्नेछ ।