१० श्रावण २०८३, आइतबार 1785075822
Banner

दूधको मूल्य आजदेखि ९ रुपैयाँले बढ्यो

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको उपभोक्ता मूल्य बढाएको छ। आजदेखि लागु हुनेगरि डीडीसीले प्रतिलिटर दूधको मूल्य नौ रुपैयाँ बढाइएको जनाएको हो।

यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रहेकोमा आज बढेको मूल्य लागू भएर प्रतिलिटर ८५ हुने भएको छ। डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर ८५ निर्धारण गर्ने निर्णय गरेको थियो।

बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ। काठमाडौँ उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५, बुटवल भैरहवामा प्रतिलिटर ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ मूल्य कायम हुनेछ।

यसअघि काठमाडौँमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा ७० तोकिएको थियो। दूधको मूल्य बढाएको डीडीसीले दही, पनिर, ध्यूको मुल्यपनि बढाउने तयारी थालेको छ ।