४ कार्तिक २०८१, आइतबार 1729473550
Banner

चप्पल गोदाम आगलागी अपडेट,पाँच जनाको मृत्यु

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–५ मा रहेको चप्पल गोदाममा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ। आगलागीमा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेको तर उनीहरुको परिचय नखुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताउनुभयो । ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी हुँदा सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा क्षति भएको छ भने एक व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ ।

विद्युत्को मिटर पड्किँदा आगलागी भएको उपरीक्षक अर्यालले जानकारी दिनुभयो । गए राति २ बजेदेखि भएको आगलागी केहीबेर अगाडि आगो नियन्त्रणमा आएको उहाँले बताउनुभयो ।तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन्।