२५ भदौ २०८३, बिहिबार 1789075609
Banner

काठमाडौं महानगरको फोहोर आजदेखि उठ्ने

काठमाडौँ– काठमाडौं महानगरपालिकाको फोहोर आजदेखि उठ्ने भएको छ। महानगरले एक सूचना जारी गरी फोहोर संकलन बिहीबारदेखि शुरू हुने जनाएको छ। विगत एक हप्तादेखि काठमाडौँको फोहोर उठ्न सकेको थिएन् ।

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फोहोर व्यवस्थापन स्थलसम्म जाने सडक मर्मत सकिने भएकाले बिहीबार बिहानैदेखि फोहोर सङ्कलन हुने जनाएका छन्।

बिहीबार बिहान ६ बजेदेखि तपाईंहरूको पायक पर्ने स्थानहरूमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म पुर्‍याई सुरक्षित रूपमा घरभित्र राखिएका फोहोरमैला सङ्कलन गर्ने कार्यमा सहयोग पुर्‍याइदिन हुन विनम्रताका साथ अनुरोध छ’ पौड्यालद्वारा जारी सूचनामा उल्लेख छ‚

फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापन स्थल बन्चरेडाँडासम्म जाने सडक मर्मत गर्न भनी गत बिहीबारदेखि फोहोर व्यवस्थापनको काम रोकिएको थियो ।