८ मंसिर २०८१, शनिबार 1732405889
Banner

विवादित पुर्वमन्त्री शर्मालाई पुन : अर्थमन्त्री बनाईदै

काठमाडौं – अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।

उहाँलाई आजै शपथ ग्रहण गराउने तयारी छ ।

आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उहाँले गत असार २२ गते राजीनामा दिनुभएको थियो । तर यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो ।

शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै सफाइ दिएको थियो।