१८ असार २०८३, बिहिबार 1783004962
अर्थ

नुनमा आवश्यकता भन्दा बढी आयोडिन मिसिएको छैन् : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

काठमाडौं । नेपालमा बिक्री नुनमा आवश्यकता भन्दा बढी मात्रामा आयोडिन नभएको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार पत्रकार सम्मेलन गरि प्रयोगशालामा गरिएको परीक्षणबाट नुनमा आयोडिनको मात्रा बढी नभएको पाइएको जनाएको हो । विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले बाहिर हल्ला भए जस्तो आयोडिनको मात्र बढी नदेखिएको बताइन् । उनले भनिन् ‘नेपालीले प्रयोग गर्ने आयोडिनयुक्त नुनको प्याकेटमा गरिएको परीक्षणमा बाहिर हल्ला भए जस्तो अधिक मात्रा आयोडिन छैन्, प्रयोगशाला परीक्षणमा यस्तो देखिदैन ।’

उनले आयोडिनको मात्रा बारेको अध्ययन अपुरो रहेकाले थप खदिलो, विश्वसनिय र विस्तृत बनाउनुपर्ने आशय व्यक्त समेत गरिन् । त्यसैगरि, विभागका उपमहानिर्देशक शैलेशकुमार झाले आयोडिनयुक्त नुनको मात्रा घटी वा बढि के भन्ने बिषय पकाउने तरिकामा निर्भर हुने बताए । ‘आयोडिनको मात्रा घट्ने वा बढ्ने कुरा खाना पकाउनेको तरिकामा भरपर्छ, कसले कसरी पकाएर खाना आयो भन्ने कुरामा यो भर पर्ने कुरा हो’ उनले प्रष्ट पार्दै भने ।