२७ भदौ २०८३, शनिबार 1789261512
Uncategorized

माओवादीको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

काठमाडौँ – माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरिएको छ। यही ११ पुसबाट सुरु हुने राष्ट्रिय सम्मेलनको बुधबार लोगो सार्वजनिक गरिएको हो।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयोजित पत्रकार सम्मेलनमा लोगो सार्वजनिक गरेका हुन्।

लोगोमा ‘नयाँ क्रान्ति विचार क्रान्तिकारी पार्टी निर्माणका लागि’ लेखिएको छ भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित हँसिया हथौडा बोकेको र केही धार्मिक स्थलको चित्र पनि राखिएको छ।