१७ कार्तिक २०८१, शनिबार 1730604028
Banner

फोहोर व्यवस्थापनबारे ठोस प्रस्तावसहित एमाले मुख्यालय आउन बालेनलाई योगेशको आग्रह

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकारले नसक्ने बताउनुभएको छ । उहाँले काठमाडौंका मेयर बालेन साहलाई सरकारको भर नपरी एमालेसँग सहकार्य गर्न आग्रह गर्नुभएको छ ।

आज सँसदमा बोल्दै भट्टराईले सरकारसँग कुनै भिजन र हुत्ती नभएकोले काठमाडौको फोहोर व्यवस्थापन हुन नसकेको बताउनुभयो । ‘यो सरकारको भर पर्नुभयो भने तपार्ईं असफल हुनुहुन्छ’ भट्टराईले भन्नुभयो ‘त्यसैले एमालेसँग आउनुहोस । हामीसँग काठमाडौलाई सफा र संरक्षण गर्ने उत्कृष्ट योजना छ । ’

‘काठमाडौंको फोहोर उठ्न नसकेको आज ७१ दिन भयो। यसमा प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पहल गर्नु भएको छैन,’उनले भने,’ त्यसैले म काठमाडौंका मेयर बालेन शाहालाई ठोस प्रस्तावसहित एमाले मुख्यालय आउन अनुरोध गर्दछु। तपाईँलाई एमालेले पूर्ण क्षमताका साथ सहयोग गर्छ। यो सरकारको भर छैन। तपाईं हडबडाउनु भयो भने असफल हुने निश्चित छ। ‘