२० आश्विन २०८३, मंगलबार 7:57 am
Banner

मेरो भाइ राजदुत छैन,१० कठ्ठा जमिनमा हलो जोत्छ : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिवारवादलाई प्रोत्साहन गरेर लोकतन्त्रको सुन्दर पक्षलाई कुरुप बनाउन आफूले नचाहेको बताउनुभएको छ ।

आइतबार काठमाडौमा आयोजना गरिएको युवा सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफ्नो भाइलाई राजदूत वा सांसद बनाउने कुनै मनसाय नरहेको बताउनुभयो। ‘मेरो भाइ राजदूत हुन खोज्यो, फलानो कमिटीमा जान खोज्यो भन्ने सुन्नुभएको छ। मेरो भाइ १० कठ्ठा जमिन लिएर हलो जोतेर बसेको छ,’ उहाँले भन्नुभयो।

आफूले भाइ, बहिनी श्रीमती वा सालोप्रति कुनै पदका निम्ति मरिहत्ते नगरेको उनले बताउनुभयो। एमालेभित्र टिकट वितरणमा कुनै विभेद नहुने अध्यक्ष ओलीको भनाइ छ ।