४ आश्विन २०८१, शुक्रबार 1726825304
Banner

चोलेन्द्र विरुद्धको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशरे जबराविरुद्धको महाअभियोग प्रस्तावलाई गम्भीर षड्यन्त्रपूर्ण र अदालतमाथिको प्रहार भनेको छ । र यसको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

अध्यक्ष निवास बालकोेटमा आज साँझ बसेको एमाले सचिवालय बैठकले सत्तारुढ गठबन्धनमा रहेका दलका सांसदले पेश गरेको महअभियोग प्रस्तावलाई लोकतन्त्र र सार्वभौमसत्तामाथिको प्रहार र स्थानीय तहको निर्वाचनलाई धकेल्ने षड्यन्त्र भएको निश्कर्ष निकालेको हो । बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भन्नुभयो, ‘यो कदम नेपालमा सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयपछि थालनी भएको संवादको प्रयासलाई विथोल्ने षड्यन्त्रका रुपमा आएको हामीले अनुमान गरेका छौं ।’

उहाँले यो कदम अनुचित भएको भन्दै त्यसलाई असफल पार्ने बताउनुभयो ।