२४ भदौ २०८३, बुधबार 1788998265
समाचार

प्रदिप गिरीको निधनमा राष्ट्रपति भण्डारीद्धारा दुख व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल काँग्रेसका नेता प्रदिप गिरीको निधनमा दुस्ख व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा आज एक ट्विट गर्नुहुँदै राष्ट्रपति भण्डारीले गिरीको निधनले हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको समेत बताउनुभएको छ।

“समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ।”, आज बिहान ट्विट गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो “म दिवङ्गत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।”

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता गिरीको उपचारको क्रममा शनिवार राती निधन भएको थियो । आजै उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।