१९ आश्विन २०८३, सोमबार 11:32 pm
Banner

एमाले अध्यक्ष ओलीसँग अमेरिकासहित चार देशका राजदूतको भेटवार्ता

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिका लगायतका चार मुलुकका राजदूतसँग भेटवार्ता भएको छ।  

अमेरिका, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया र बेलायतका राजदूतसँग आज दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको हो । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको नयाँ प्रावधानलाई लिएर विवाद भइरहेको बेला चार देशका राजदूतले प्रमुख प्रतिपक्षी नेतालाई भेटेका हुन्।  

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि अमेरिका, बेलाया, अस्ट्रेलिया, स्वीस तथा युरोपली युनियनका राजदूतहरुसँग भेट गरेका थिए।