२४ भदौ २०८३, बुधबार 1788977986
Banner

दलीय आग्रह भन्दा माथी उठेमात्र विकास सम्भव : विष्णु पौडेल

बुटवल- नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले दलीय आग्रहभन्दा माथि उठेर विकासका काममा अघि बढ्नुपर्ने बताउनुभएको छ ।

बुटवलमा सम्मेलन केन्द्रको उद्घाटन समारोहमा बोल्दै उनले दीर्घकालीन योजनामा दलीय कुण्ठा नराखेर निरन्तरता नदिए समृद्धि आउन नसक्ने पौडेलको भनाइ छ ।पौडेलले रुपन्देहीका जनता र जनप्रतिनिधि विकासको नमुना बनेको बताउनुभयो । ‘यहाँको विकासको गतिले यहाँका जनप्रतिनिधि र स्थानीय गफ गर्ने होइन भन्ने प्रमाणित भएको छ, देशको नमुना बनेको छ, विकासका नमुनाको मानक बनेको छ, विभिन्न क्षेत्रबाट यहाँको मोडल हेर्न आउने अवस्था बनेको छ’ पौडेलले भन्नुभयो ।

बुटवलका जनताको चााहनाले नै यसले सार्थकता पाएको उनले बताएका छन् ।सम्मेलन केन्द्र संचालन मोडालिटि छिटो बनाउनुपर्ने, यो सम्मेलन केन्द्रमा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम यहाँ गरिनुपर्दछ भनेर सरकारले प्रतिवद्धता व्यक्त गरिनुपर्ने उहाँको भनाइ थियो ।