९ मंसिर २०८१, आइतबार 1732440392
Banner

केन्द्रीय कमिटीमा अध्यक्ष ओलीको निर्देशन : आफैंले आफैंलाई उम्मेद्वार घोषणा गर्दै नहिड्नुस

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्ताहरुलाई आफैंले आफैंलाई उम्मेद्वार घोषणा गर्दै नहिड्न निर्देशन दिनुभएको छ ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा समापन मन्तव्य राख्दै अध्यक्ष ओलीले यस प्रवृतिले आम कार्यकर्तामा अराजकता र निराशा दुवै बढ्ने बताउनुभयो । अध्यक्ष ओलीले आफैं उम्मेद्वार घोषणा गर्दै नहिड्न भनेको बेहुला बेहुलीको ठेगान नहुँदै भाज खाँदै हिडे जस्तो हुने बताउनुभयो ।

अध्यक्ष ओलीको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्य ले भन्नुभयो, आफूले आफूलाई उम्मेदवार घोषणा गर्ने होइन, पार्टीले उठाए चुनाव लड्ने, नत्र अर्को उम्मेदवार जसलाई पार्टीले उठाउँछ उसलाई जिताउने हो । पार्टीलाई हराउन लागे सैह्य हुँदैन ।

उहाँले पहिलो पटक मतदान गर्न लागेका युवाहरुलाई विशेष ध्यान दिन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभएको छ । पहिलो भोट देश बनाउने पार्टी एमालेलाई दिनु पर्दछ भनेर सबैलाई सम्झाउनु पर्दछ ।