२४ भदौ २०८३, बुधबार 1788977933
Banner

मतदाता नामावली आइतबारदेखि अद्यावधिक गरिने

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको तयारीका लागि भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ। 

निर्वाचन आयोगले आज शनिबार एक सूचना जारी गर्दै यही भदौ १२ गतेदेखि कार्यक्रम सुरु हुने जानकारी दिएको हो। आयोगका अनुसार भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गर्ने छन्। 

नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन तथा कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानको मात्र नाम कायम राख्न भदौ १३ गतेदखि १५ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने छ। 

यसैगरी मृत्यु भएका एवं नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि भदौ १३ गतेदेखि १६ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ।