३ भदौ २०८३, बुधबार 1787148992
समाचार

हामीले पठाएको रेमिट्यान्सले मुलुक चल्ने, मत किन नचल्ने : अध्यक्ष अर्याल

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनमा विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिनुपर्ने माग उठेको छ । प्रवाशी नेपाली मञ्च माल्टाको अधिवेशनमा एनआरएनएका माल्टा अध्यक्ष भुवन अर्यालले देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचनमा कुनै न कुनै रुपमा मतको अधिकार पाउनुपर्ने बताउनुभयो ।

नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले उद्घाटन गर्नुभएको कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष अर्यालले देशको भविष्य सुन्दर बनाउनका लागि विदेशमा रहेर रेमिट्यान्स मार्फत् साथ दिइरहेका युवालाई राज्यले उपेक्षा गरे असहज परिसेथिति उत्पन्न हुनसक्ने तर्फ ध्यान दिन आग्रह गर्नुभयो । श्रम बेचेर देशको अर्थतन्त्र सुधारका लागि भूमिका खेलेका युवाको शिप राज्यले प्रयोग गर्नुपर्ने उहाँको जोड थियो। कार्यक्रममा एमाले विदेश विभाग प्रमुख भट्टराईले विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउने विषयमा एमालेले निर्वाचन आयोगलाई आग्रह गरिरहेको बताउँदै कुनै न कुनै रुपमा सम्बोधन हुने जानकारी गराउनुभयो ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको एनआरएनए अध्यक्ष अर्यालले जानकारी दिनुभयो । मञ्चको अध्यक्षमा सत्य नारायण झा, उपाध्यक्षमा येमु राइ,सचिवमा बिरोजंग पाण्डे, सह सचिबमा भारत अर्याल र दर्सन लिम्बु चयन हुनुभएको छ । सदस्यमा रोशन सिजापति, अम्बिका दुलाल, निरज भुजेल, कमल पोख्रेल, सुदिप रायमाझी, हरि पौडेल, लाछु गिरि, पदम खड्का, हरि प्रशाद पौडेल, सपना श्रेष्ठ, सरदा चौधरी, प्रज्वल आलेमगर, सुमन लिम्बु, सन्तोष रतन, दिपक रेग्मी चयन हुनुभएको छ ।