३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 5:46 am
Banner

माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर दम्पतीको मृत्यु

सूचना प्रेस २०७९ भदौ १९ आइतबार ००:००, १९:४७ बजे १ मिनेट पढाइ

कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उहाँकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उहाँहरुको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।