१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:16 am
खेलकुद

महिला साफ च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दै

सूचना प्रेस २०७९ भदौ २७ सोमबार ००:००, ०६:५१ बजे १ मिनेट पढाइ

काठमाडौं । महिला साफ च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दैछन्।

खेल बेलुका साढे ५ बजे काठमाडौंको दशरथ रंगशाला काठमाडौंमा सुरु हुनेछ। श्रीलंकाले पहिलो खेल भुटासँग हारेको थियो भने नेपालले भुटानलाई हराएको थियो।

सेमिफाइनलमा पुग्नको लागि दुवै टोलीलाई आजको खेल निकै महत्वपूर्ण रहेको छ। यसअघि भुटानले श्रीलंकालाई ५–० गोलले हराएरको हुँदा सेमिफाइनल प्रवेशको लागि श्रीलंकालाई ठूलो अन्तरको जित चाहिएको छ।

नेपाललाई भने बराबरी या सानो अन्तरको हारले पनि सेमिफाइनल पुर्‍याउन सक्छ। समूह ए बाट भारत र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन्।