९ मंसिर २०८१, आइतबार 1732453722
Banner

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा

काठमाडौं – चिनियाँ राष्ट्रिय जन कांग्रेसका अध्यक्ष ली चाङ्सु काठमाडौं आइपुग्नुभएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा अध्यक्ष ली नेपालकाे औपचारिक भ्रमणका आज अपरान्ह काठमाडाैं आइपुग्नुभएकाे हाे । ली लाई स्वागत गर्न सभामुख सापकाेटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएकाे थियाे ।

ली विमानस्थलबाट सिधै होटल सोल्टी जानु हुनेछ । अध्यक्ष ली भदाै ३० गतेसम्म नेपालमा रहनुहुनेछ । नेपालमा रहँदा उहाँले उच्चस्तरीय भेटघाट गर्नुहुनेछ । सभामुख सापकोटा र अध्यक्ष लीबी आजै प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोमबार बेलुकी साढे ७ बजे उहाँनको सम्मानमा सभामुख सापकोटाले सोल्टी होटलमा रात्रिभोज आयोजना गर्नुभएको छ ।

अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भदाै ३० गते भेटवार्ता गर्नुहुने कार्यक्रम छ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग सेप्टेम्बर भदाै २८ गते शिष्टाचार भेट गर्नुहुनेछ । भदाै २८ गते नै लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्दै शिष्टार भेट गर्नुहुनेछ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि उहाँले छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

अध्यक्ष ली नेपाल भ्रमण सकेर भदाै ३० गते स्वदेश फर्कनुहुनेछ ।