१४ श्रावण २०८३, बिहिबार 1785394334
Banner

महिला साफ च्याम्पियनशिपमा नेपालको भारतबिरुद्ध ऐतिहासिक जित

काठमाडौं । काठमाडौंमा जारी महिला साफ च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले ​गरेको गोल नै नेपाललाई जिताउन सफल भएको हो ।

रश्मिले भारतको गोलपोस्टमा दर्शनीय गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता लिएको थियो। यसअघि आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८० गोलले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ।

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा अब नेपालले सोमबार हुने फाइनलमा उपाधिका लागि बंगलादेशसँग खेल्नेछ।