२८ भदौ २०८३, आइतबार 1789346064
Banner

जबराको सम्पत्ति : बैंकमा ५९ लाख नगद

काठमाडौँ ।  न्याय परिषद्ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति विवरण संसद्को महाभियोग सिफारिस समितिलाई बुझाएको छ।

न्याय परिषद्ले २०७८ साउनसम्म जबराको नाममा बैंक अफ काठमाडौंमा ५९ लाख २६ हजार रुपैयाँ नगद उल्लेख रहेको जनाएको छ ।

त्यस्तै श्रीमती रेजी क्षेत्री राणाको नाममा काठमाडौंको वडा नम्बर ५ मा १ रोपनी ८ आना ३ पैसा १ दाम जमिन रहेको छ । उक्त जग्गाको २०७७ मा ८ करोड २६ लाख रुपैयाँमा किनेको उल्लेख छ । उक्त जग्गामा पुरानो घरसमेत रहेको उल्लेख छ ।

त्यस्तै ठमेलको घरजग्गा धितोमा राखी  जबराले ९ करोड ५०लाख ऋण लिएको विवरणमा उल्लेख छ ।