९ मंसिर २०८१, आइतबार 1732447357
Banner

ढुंगा पुज्दै हिँड्नुभन्दा मान्छे पूज्दै हिँडे धेरै राम्रो हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धर्मका नाममा ढुंगा पुज्दै हिँड्ने परम्परा विज्ञानसम्मत नभएको टिप्पणी गरेका छन् ।

आज (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘हामीकहाँ त अब तेत्तिस कोटी देवता हुन्छन्, जतासुकै देवतालाई पूजा गर्दै हिँड्नपर्ने । मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पुजा गर्दै हिँड्ने संस्कार छ । मैले फेरि धर्मलाई नेगेटिभ भन्या होइन है फेरी । चुनावको बेला छ, यसो भन्यो भनेर फेरी प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ, छन त ।’

यसरी ढुंगा पुज्दै हिँड्नुभन्दा मान्छे पूज्दै हिँडे धेरै राम्रो हुने उनले बताए । ‘हामी घरैपिच्छे पूजा गरी हिड्ने मान्छेलाई पुजागरी हिँडे कति राम्रो हुन्थ्यो । गरिबहरूलाई पूजा गरी हिँडे धेरै राम्रो हुन्थ्यो नि,’ उनले भने ।