८ मंसिर २०८१, शनिबार 1732423138
Banner

एमालेका अधिकांश शीर्ष नेता प्रत्यक्ष चुनाव लड्ने

काठमाडौं । नेकपा एमालेका अधिकांश शीर्ष नेता प्रत्यक्ष चुनाव लड्ने भएका छन् । एमालेको समानुपातिक तर्फको बन्दसूचीमा सबैभन्दा वरिष्ठतम नेतामा स्थायी कमिटी सदस्य रघुजी पन्त मात्र पर्नुभएको छ । ललितपुरबाट दुईपटक चुनाव जित्नुभएका पन्त यसपटक काठमाडौंबाट उम्मेवारका आकांक्षी देखिनुभएको थियो ।

पन्तलाई समानुपातिकमा राखिएको र उहाँभन्दा सिनियर तथा पार्टीका पदाधिकारी अधिकांश नेता प्रत्यक्षमै उम्मेदवार बन्ने तय भएको एमालेले जनाएको छ । चुनाव नलड्ने केही नेताले भने चुनावको कमाण्ड गर्ने बताइएको छ । एमाले निर्वाचन आयोग विभागका उपप्रमुख नीरज आचार्यले बन्दसूची बुझाए पनि आचार्यले एमालेले बनाएको मापदण्डअनुसार समानुपातिकको बन्दसूची पेश गरेको जानकारी दिँदै भन्नुभयो, ‘समानुपातिक सूचीमा पुराना कोही नेता पनि पर्नुभएको छैन । सबै नयाँ रहनुभएको छ । एमालेले यसअघि जितेका सिट कायम मात्रै राख्ने होइन बढाउँछ ।’

एमालेले पार्टी उपाध्यक्ष रामबहादुर थापाकी श्रीमती नैनकला थापालाई पनि समानुपातिक सूचीमा समावेश गरेको छ । समानुपातिक सूचीमा बस्न इच्छा राख्नुभएका उपाध्यक्ष रामबहादुर थापा, युवराज ज्ञवाली, अष्टलक्षी शाक्य र उपमहासचिव विष्णु रिमाल भने समानुपातिकको बन्दसूचीमा अटाउन सक्नुभएन ।