३ भदौ २०८३, बुधबार 1787197042
Banner

डीभी परेका ९ जना नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित ९ जनालाई पक्राउ गरेको छ। 

डिभी परेपछि भिसा प्रक्रियामा कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने सात जना र बनाउने दुई जनासहित ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

भिसा प्रयोजनका लागि १० २ को नक्कली ‘एकेडेमिक ट्रान्सक्रिप्ट’ बनाएको गोप्य सूचनाको आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई महाराजगंजस्थित अमेरिकी दूतावास र काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा हाल झापाको दमक बस्ने पाँचथर मितलाजुनका २५ वर्षीय समिर राई, कास्की पोखराका ४० वर्षीय अरुण कार्की, काठमाडौंको टोखा बस्ने नुवाकोट बेलकोटगढीकी २५ वर्षीया राधिका तामाङ, काठमाडौंको बसुन्धारा बस्ने स्याङ्जा चापाकोटकी ३८ वर्षीय सबिता श्रेष्ठ छन् । 

यसैगरी, झापा मेचीनगरका ४६ वर्षीय विदुर प्याकुरेल, काठमाडौं कागेश्वरीका २१ वर्षीय सुरजराज खत्री र अछाम मंगलसेनका २७ वर्षीय वीरेन्द्रबहादुर रावल नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ परेका हुन् । 

प्रहरीले उनीहरूको साथबाट ८ थान शैक्षिक प्रमाणपत्र र पाँच थान राहदानी बरामद गरेको छ।

पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।