२८ भदौ २०८३, आइतबार 1789349732
Banner

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिद्धारा स्वीकृति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सेना परिचालनको स्वीकृति प्रदान प्रदान गर्नुभएको छ ।

राष्ट्रिय सुरक्षा परिषदको भदौ १७ गतेको बैठक एवम् मन्त्रिपरिषदको भदौ २७ गतेको सिफारिस तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पत्रका आधारमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम निर्वाचनका दिन राष्ट्रपति भण्डारीले सेना परिचालनको स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।