२८ भदौ २०८३, आइतबार 1789348912
Banner

निर्वाचनसम्बन्धी आचारसंहितामा दलहरूले गरे हस्ताक्षर

काठमाडौं । राजनीतिक दलका शीर्ष नेताहरूले निर्वाचनसम्बन्धी आचारसंहितामा हस्ताक्षर गरेका छन्।
उनीहरूले निर्वाचन आयोग पुगेर आचारसंहितामा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर गर्दै नेताहरूले आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाए।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्बन्धी आचारसंहितामा प्रतिवद्धता जनाउन राजनीतिक दलका शीर्ष नेताहरू आयोग पुगेका थिए।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता एवम् गृह मन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल, जनता समाजवादी पार्टीका नेता प्रकाश अधिकारीलगायत निर्वाचन आयोग पुगेका थिए।