३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 5:56 am
पालिका

पहिराले घरमा क्षति, पाँच घर उच्च जोखिममा

सूचना प्रेस २०७९ आश्विन १० सोमबार ००:००, ०६:१९ बजे १ मिनेट पढाइ

लगातारको वर्षाका कारण पहिरो खस्दा बैतडीमा एक घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ । पाँच घर पहिराको उच्च जोखिममा छन् । दोगडाकेदार गाउँपालिका–२ बसाडमा माथिबाट पहिरो खस्दा स्थानीय देवसिंह महराको घर पूर्ण रुपमा क्षति भएको खोचलेक प्रहरी चौकीका प्रमुख मानसिंह पन्तले जानकारी दिनुभयो ।

पहिरोबाट गोठमा बाँधेका तीन बाख्रा मरेका छन् । अन्नपात तथा लत्ता कपडा पुरिएका छन् । पहिराले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । महराको घरमा उहाँका दिदी बस्दै आउनुभएको थियो । उहाँलाई आफन्तकहाँ सारिएको प्रहरीले जनाएको छ । पहिराका कारण स्थानीय मानसिंह महरा, राईसिंह महरा, ध्वज महरा, गणेश महरा र ज्ञानेन्द्र महराको घर उच्च जोखिममा छ ।