९ मंसिर २०८१, आइतबार 1732472142
Banner

कांग्रेस मुख्यालयमा काँग्रेसका असन्तुष्ट समूहको धर्ना

काठमाडौंः आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा एकलौटी तरिकाले नाम बुझाएको भन्दै नेपाली कांग्रेस शेखर कोइराला समूहले धर्ना सुरु गरेको छ। निर्वाचनमा समान अवसर र न्यायको माग गर्दै पार्टी कार्यालय सानेपामा शेखर समूहले धर्ना सुरु गरेको हो।

पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीमा मनोमानी गरेको र बन्दसूचीमा सल्लाह नै नगरी नाम पठाएको संस्थापनइतरको आरोप छ । शेखर समूहले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने माग अघि सारेको छ । आफूहरुले कम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने उनीहरुको अडान छ ।

धर्नामा कोइराला समूहका दोस्रो तहका नेताहरु सहभागी छन्। धर्नामा संस्थापनविरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका गुरुराज घिमिरेदेखि जगदिश्वरनरसिंह केसीसमेत सहभागी छन्।