२२ कार्तिक २०८१, बिहिबार 1731037939
Banner

प्रतिनिधिसभा निर्वाचनमामा काँग्रेसले ८६ सिट पाउने, यी हुन क्षेत्र

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ। कांग्रेसले ८६ सिट पाउने सहमतिका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको छ ।

जसअनुसार काँग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर ३, कञ्चनपुर २, डडेलधुरा, दार्चुला, कैलाली १, ४, ५, अछाम २, बाजुरा, सुर्खेत १ र २, दैलेख २, मुगु, नवलपरासी पश्चिम २, बर्दिया १ रहेको छ ।

यसैगरी चितवन १ र २, गोरखा १, मनाङ, कास्की १, तनहुँ १ र २, स्याङ्जा १ र २, नवलपरासी पूर्व १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी १, पाल्पा १, अर्घाखाँची, रुपन्देही ३,४ र ५, कपिलबस्तु २, ३, दाङ ३ र बाँके ३ निर्वाचन क्षेत्रबाट पनि काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।

यसैगरी पाँचथर, इलाम२, झापा १,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १,२,३ र ६, सुनसरी २,३ र ४, ओखलढुंगा, उदयपुर १, सप्तरी ३, ४, सिरहा १, २ धनुषा २, ३ र ४ महोत्तरी २ र ३ निर्वाचन क्षेत्र पनि काँग्रेसले लिने सहमति भएको छ ।

यस्तै सर्लाही ४, बारा १, पर्सा ३ र ४, सिन्धुली १, रसुवा, धादिङ २, नुवाकोट २, काठमाडौं १, १०, ३,४,५,६, भक्तपुर १ र २, ललितपुर १, काभ्रे २ सिन्धुपाल्चोक २ र मकवानपुर १ कांग्रेसले लिने बताइएको छ ।

जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा ४ मा जसपा, महोत्तरी ३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति भएको बताईएको छ ।