२८ भदौ २०८३, आइतबार 1789340084
Banner

माओवादीले यी क्षेत्रमा प्रत्यक्ष निर्वाचन लड्ने

काठमाडौं । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) ले झापा २, ५, भोजपुर, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ कास्की १ वा ३, बागलुङ २, कपिलबस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १,जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, अछाम १, कैलाली २ र ३ बैतडी, कञ्चनपुर १ मा माओवादीले टिकट पाउने करिब करिब सहमति जुटेको छ ।

बाबुराम भट्टराई नेतृत्वको नेसपासहित जोडेर माओवादीले ५३ सिट पाउने तय भएको स्रोतले जनाएको छ । बारा ४, अछाम १, सल्यान नवलपरासी १, रुपन्देही १, धादिङ १ सर्लाही २ र खोटाङमा अन्य पार्टीको पनि दाबी रहेकाले सहमतिको प्रयास जारी रहेको माओवादीले जनाएको छ ।